प्रदेश ३

मन्त्रीहरुको बैठक पेपरलेस

By थाहा अनलाइन

July 26, 2018

काठमाडौँ १० श्रावण ।  नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार पहिलोपटक स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी ‌ओलीको पहलमा मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाइएको हो ।

बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको बताएको छ ।