प्रहरी नियमावलीविपरीत एआइजीको दरबन्दी थप हुने



२८ असार, काठमाडौं 

 

सरकारले प्रहरी नियमावलीविपरीत अतिरिक्त महानिरीक्षक एआइजी को दरबन्दी बढाएको छ । संगठनको आवश्यकताभन्दा पनि व्यक्तिको इच्छा पूरा गर्न एआइजीको दरबन्दी थप गरिँदा नियम मिचिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रहरीमा एआइजीको संख्या ११ राख्ने निर्णय गरेको थियो ।

 

प्रहरीमा कुनै पनि पद थप गर्दा व्यवस्थापन तथा संगठन सर्वेक्षण ओएनएम गर्नुपर्ने प्रावधान छ । आवश्यकताअनुसार मात्र दरबन्दी थप गर्न प्रहरी नियमावलीमा यस्तो प्रावधान राखिएको हो । तर, व्यवस्थापन तथा संगठन सर्वेक्षण नगरी सरकारले ठाडो प्रस्तावका आधारमा प्रहरीमा एआइजीको दरबन्दी थपेको हो ।

‘प्रहरी प्रधान कार्यालयले मन्त्रालयबाट स्वीकृती लिएर प्रहरी संगठनभित्र कुनै नयाँ कार्यालय स्थापनाका लागि संरचना तयार गर्दा, नयाँ दरबन्दीको सिर्जना वा तत्काल कायम रहेको संगठन संरचना र दरबन्दीमा हेरफेर गर्दा कार्यक्रम, कार्यबोझ, आर्थिक तथा अन्य दायित्व, सेवा प्रभावकारिता, उपलब्ध मानव स्रोत, लागत प्रभावको विश्लेषण तथा नवीन प्रविधिको अवलम्बन गरी कारण र औचित्यसमेतको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्नेछ,’ प्रहरी नियमावलीको दफा ५ मा भनिएको छ । सर्वेक्षणका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरीका डिआइजी वा एसएसपी, सामान्य र अर्थ मन्त्रालयका एक–एकजना प्रतिनिधि रहने समिति रहने उल्लेख गरेको छ . तर, एआइजीको दरबन्दी थपबारे सो समितिलाई जानकारी नै छैन ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्