मुख्य समाचार

सरकारले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनगर्ने, गृहमन्त्री जनार्दन शर्माको भनाई

By थाहा अनलाइन

July 12, 2017

असार, २८ 

गृहमन्त्री जनार्दन शर्माले सरकारले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठनगर्ने बताएका छन । सार्क स्तरिय गृहमन्त्रीहरुको सम्मेलनमा भागलिन श्रीलंका जानुपूर्व मंगलवार त्रिभुवन विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठनको पहल गरिरहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवा आयोग गठनका लागि सवै राजनीतिक दलहरुसँग परामर्शमा रहेको पनि गृहमन्त्री शर्माले बताए । सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा बन्ने ५ सदस्यीय आयोगले भूगोल र जनसंख्याका आधारमा विद्यमान २४० ओटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ ओटा बनाउनु पर्ने बताउनु भयो ।

निर्वाचन आयोगले आगामी असोज अन्तिमतिर प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ भने कात्तिक दोस्रो साता राष्ट्रियसभा र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न प्रस्ताव गरको छ तर, त्योभन्दाअघि असोज २ गते दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव गराउनुपर्ने अवस्था पनि रहेको छ । तर, सरकारले अझैसम्म क्षेत्र निर्धारण आयोग गठन गर्ने सुरसारसमेत गरेको छैन । त्यस्तै, प्रदेशको चुनावका लागि प्रदेशको सिमांकन पनि टुंग्याउनु पर्ने दाबि गर्नुभयो । मधेस केन्द्रित दलहरुले अहिले पनि केही प्रदेशको सिमांकन प्रति गुनासो गर्दै आएका छन । सरकार भने पहिले संविधान संशोधन गरेर राजपालाई २ नम्बर प्रदेशको स्थानीय चुनावमा ल्याउने र त्यसपछि क्षेत्र निर्धारण आयोग गठन गर्ने योजनामा रहेको बताएको छ । क्षेत्र निर्धारणलगायतका काम तत्काल अघि नबढाउने हो भने असोजमा प्रदेशसभाको निर्वाचन सम्भव नहुने देखिन्छ । जसको असर माघ ७ गतेभित्र तीन तहको चुनाव सम्पन्न गर्ने योजनामाथि पनि पर्ने अनुमान गरिएको छ ।

संसदले गत चैत पहिलो साता नै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन सम्बन्धी विधेयक पारित गसिकेको छ । तर, सरकार नै आयोग गठनतर्फ उदासीन भइदिँदा मुलुकमा संवैधानिक जटिलता उत्पन्न हुने खतरा पनि उत्तिकै देखिने भएको छ ।