सैघाली खबर, ११ साउन ।
डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका जोड्ने निर्माणाधीन पुल भत्किएको छ । करिव १६ करोड रुपैंयाको लागतमा निर्माण भइरहेको पुल गुणस्तरहीन सामग्रीको प्रयोग र गलत डिजाइनका कारण भत्किएको स्थानीयले आरोप लगाएका छन् ।
पुल भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीय जनप्रतिनिधिहरुले निर्माण कार्यमा संलग्न ठेकेदार र प्राविधिकहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई जोड्दै बैतडी तल्लो सोराड क्षेत्रका हजारौं जनतासँग डडेल्धुरा सदरमुकाम जोड्न पुल निर्माण गर्न लागिएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।