काठमाडौं। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा। गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।
शुक्रबारको संसद बैठकमा बोल्दै रिजालले केसीसँग भएको सहमति जनताको जित भएको बताए।
पहिल्यै चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउन नमानेर सरकारले दम्भ देखाए पनि अन्ततस् सरकारको अहंकार अन्त्य भएको उनले बताए। स्वास्थ्य, शिक्षामा सरकारले जनताको उत्तरदायीत्व लिनुपर्ने उनको भनाई छ।
सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक मान्यता विपरित सत्ता पक्ष गएको भन्दै उनले आलोचना गरे। जनता सार्वभौम भएको भन्दै उनले संविधानको बाटो सबैले स्वीकार गर्न पर्ने उनले बताए।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।