त्रिशूलीमा बस दुर्घटना- ६ को मृत्यु, २२ घाइते (अपडेट)



काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो बस त्रिशूलीमा खस्दा छ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

चितवतको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा ना ५ ख ७४०९ नम्बरको ट्रकले बसलाई ठक्‍र दिँदा ना ६ ख २५०६ नम्बरको बस सडकखण्डबाट १ सय मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुई महिला, तीन पुरुष र एक बालकको मृत्यु भएको प्रवक्ता ढकालले जानकारी दिए । घाइतेलाई उपचारका लागि विभिन्न अस्पताल पुर्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्