लालीगुराँसका विद्यार्थीले सम्झे गुरुलाई



दाङ,११ श्रावण । शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा लालीगुराँस आवासीय माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले भब्य कार्यक्रम गरि गुरु पुर्णीमा मनाएका छन । बिद्यार्थीहरुले आफुलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी बिद्यालयमा गुरु पुर्णिमा मनाएका हुन् ।आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन छ ।

सोहि प्रचलन अनुसार बिद्यालयका बिद्यार्थीहरुले आफ्ना गुरुहरुलाई खादा , माला र मायाको चिनोले सम्मान गर्दै मिष्ठान्न भोजन खुवाएका थिए । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्