राजपा अहिले सकारात्मक



२८ असार, काठमाडौं ।

दुई तिहाई बहुमत नपुग्ने भएपछि संविधान संशोधन विधेयक अघि नबढाइने भएको छ । अब राजपाका अन्य मागहरुलाई सम्बोधन गरेर उसलाई चुनावमा ल्याउने गृहकार्यमा सरकार जुटेको छ ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार रोकेर संशोधन विधेयक अघि बढाउने गृहकार्य थालेका थिए ।

तर, प्रमुख विपक्षी एमालेले सहमति जनाएन । र, राप्रपाको अन्तरविरोध पनि हल भएन, जसले गर्दा संविधान संशोधन प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने अवस्था देखियो ।मंगलबार साँझ राष्ट्रिय जनता पार्टीका नेताहरुलाई बोलाएर कांग्रेस र माओवादी नेताहरुले संविधान संशोधनका लागि दुई तिहाई नपुग्ने अवस्था आएको जानकारी दिएका थिए ।

राजपा चुनावमा आउन सकारात्मक

नेताहरुका अनुसार भोटिङमा लगेर फेल गर्नु भन्दा अब संशोधन विधेयकलाई फेरि होल्ड गर्ने समझदारी भएको छ ।

यसमा राजपा सकारात्मक  छ । स्रोतका अनुसार मंगलबार साँझ भएको कांग्रेस र माओवादी नेताहरुसँगको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संशोधन पारित हुँदैन भन्ने आफूहरुलाई जानकारी रहेका बताए ।
यद्यपि बैठकमा सहभागी राजपाका अन्य नेताहरुले भने संशोधनका लागि अझै प्रयत्न गर्नु पर्नेमा ससरफ्द्फ़ जोड दिएका छन् ।

बैठकमा राजपाका नेता ठाकुरले संविधान संशोधन विधेयक होल्ड गरे पनि चुनाव आउन अन्य वातावरण बनाइदिनु पर्नेमा जोड दिएका छन् । मुद्दा फिर्ता, सहिद घोषणा लगायतका माग सम्बोधन गर्नुपर्ने उनले बताए ।

सत्तारुढ दलका नेताहरु यसमा सकारात्मक छन् । र, गम्भीर अपराधमा घटनामा प्रत्यक्ष संलग्न बाहेकको मुद्दा फिर्ता लगायतका माग सम्बोधनका लागि गृहकार्य सुरु भइसकेको सत्तारुढ दलका एक नेताले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्