ठेकेदार रणबहादुरको शव पनि छत्रेश्वरी मै



असार २८,

सुशिल बस्नेत

फोटो भिमसेन खत्रीको फेसबुक बाट

ब्यबसायी राजकुमार श्रेष्ठसगसगै अपहरणमा परेका रणबहादुर घर्तीको शब सल्यान प्रहरीले फेला पारेको छ । तुलसीपुरका ब्यबसायी श्रेष्ठलाई अपहरण गरि लैजाने समूहले घर्तीलाई सल्यानबाट अपहरण गरेको थियो । तिमीहरुलाई म चिन्दछु भन्ने सुने लगतै भारतीय नम्वरको जिपबाट ओराली घर्तीलाई पनि साथमा लिई बेपत्ता भएको उक्त समुहले सल्यानको झिम्पेमा जेठ २९ गते घर्तीको हत्या गरेको प्रहरीको बयानमा भनेका छन्् । घर्तीलाई हत्या गरेको स्थान देखि झण्डै १ सय ५० मिटर टाढा श्रेष्ठको हत्या पनि उसैदिन गरेको उक्त समुहले बताएको छ ।
सल्यान छत्रेश्वरी ४ पोखरीडाँडाको प्रहरी चौकीका अनुसार आज विहान सल्यान झिम्पेको खर्सुगैरा जंगलमा शव फेला परेको हो ।
राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहले जानकारी दिनुभयो ।
अहिले घटण स्थलमा पोखरीडाँडाको प्रहरी र स्थानीय मात्र पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डि एस पि श्याम बहादुर खत्री सहितको टोली त्यस तर्फ गएको बताएको  छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्