मुख्य समाचार

ठेकेदार रणबहादुरको शव पनि छत्रेश्वरी मै

By थाहा अनलाइन

July 12, 2017

असार २८,

सुशिल बस्नेत

फोटो भिमसेन खत्रीको फेसबुक बाट

ब्यबसायी राजकुमार श्रेष्ठसगसगै अपहरणमा परेका रणबहादुर घर्तीको शब सल्यान प्रहरीले फेला पारेको छ । तुलसीपुरका ब्यबसायी श्रेष्ठलाई अपहरण गरि लैजाने समूहले घर्तीलाई सल्यानबाट अपहरण गरेको थियो । तिमीहरुलाई म चिन्दछु भन्ने सुने लगतै भारतीय नम्वरको जिपबाट ओराली घर्तीलाई पनि साथमा लिई बेपत्ता भएको उक्त समुहले सल्यानको झिम्पेमा जेठ २९ गते घर्तीको हत्या गरेको प्रहरीको बयानमा भनेका छन्् । घर्तीलाई हत्या गरेको स्थान देखि झण्डै १ सय ५० मिटर टाढा श्रेष्ठको हत्या पनि उसैदिन गरेको उक्त समुहले बताएको छ । सल्यान छत्रेश्वरी ४ पोखरीडाँडाको प्रहरी चौकीका अनुसार आज विहान सल्यान झिम्पेको खर्सुगैरा जंगलमा शव फेला परेको हो । राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थाई प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहले जानकारी दिनुभयो । अहिले घटण स्थलमा पोखरीडाँडाको प्रहरी र स्थानीय मात्र पुगेका छन भने जिल्ला प्रहरी कार्यालय सल्यानका डि एस पि श्याम बहादुर खत्री सहितको टोली त्यस तर्फ गएको बताएको  छ ।