Nepalese migrant workers queue to receive official documents in order to leave Nepal from the Labour department in Kathmandu on January 27, 2014. Nearly 200 Nepali migrant workers died in Qatar in 2013, many of them from heart failure, officials said, figures that highlight the grim plight of labourers in the Gulf nation. AFP PHOTO/Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP/Getty Images)

अन्तर्राष्ट्रिय

कामदार रोक्ने निर्णय पुनर्विचार गर्न नेपाललाई मलेसियाको आग्रह

By थाहा अनलाइन

July 28, 2018

क्वोलालम्पुर१२ साउन, । मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह गरेको छ ।

मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाल कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली कामदारहरु आउने वैकल्पिक संयन्त्र बनाउँछौं । नभए यहाँ कमदारको अभाव हुनेछ’ उनले भनेका छन् ।

एकपक्षीय रुपमा अवैध संयन्त्रहरु कडा गरेर अतिरिक्त रकम लिएको भन्दै मलेसियामा कामदार पठाउन रोकेको छ । भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतका नाममा नेपाली कामदारमाथि झण्डै १९ हजार अतिरिक्त शुल्क लिइन्छ ।

सरकारले यसलाई अबैध मानेको छ र यो कायम रहेसम्म मलेसियामा कामदार नपठाउने बताएको छ । मलेसिया सरकारले भने यो अघिल्लो सरकारको निर्णय भएको र यसबारे अध्ययन भइरहेको बताए ।

मानव संशाधनमन्त्री कुलासेगरनले यसबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । उनले भने, ‘यसबारे तत्काल एक्सनमा जान आगामी साता कागजातहरु बनाउँछु ।’

तर, आफूले यो सन्देश पठाउँदा पनि नेपालले कामदार आउन रोकेकोमा असन्तुष्ट जनाए । नेपालले कामदार नपठाउँदा मलेसियाली कम्पनीहरुमा सुरक्षा गार्डको अभाव भएको बताए ।

नेपाली कामदारहरु बहादुर र इमान्दार हुने र धेरै कम्पनीहरुले उनीहरुलाई राख्न चाहने उनले बताए । ‘हामी अपेक्षा गर्छौ कि नेपालले यस मामिलामा सजिलो बनाउनेछ र आफ्नो निर्णय पुनर्बिचार गर्नेछ’ मन्त्री कुलासेगरनले भनेका छन् ।