दाङ १२ साउन । ५२ औ रक्त सञ्चार दिवस, दाङमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक बर्ष जुलाई २८ तारिखमा मनाईने दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी दाङ शाखाले तुलसीपुरमा कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । दिवसका अबसरमा बोल्ने सहभागीहरुले रगत अभाबको समस्या उस्तै रहेको वताएका थिए ।
रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले रक्त सञ्चार सेवालाई थप प्रभाबकारी बनाउनु पर्ने बताएका थिए ।प्रदेशसभा सदस्य डिल्ली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको कार्यक्रममा बोल्दै चौधरीले रंक्तदान गर्नका लागि सबैलाई आबहन गर्नुपर्ने वताउँनुभयो । रत्तदान गर्नका लागि अझै धेरै भ्रम रहेको वताउँदै गाउँ / गाउँमा जनचेतनाको आबश्यकतारहेको वताउँनुभयो ।
साथै रक्त सञ्चार सेवा सञ्चालनका लागि योगदान पु¥याएको भन्दै राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटा, संबाद समूह ५ नम्वर प्रदेशका बरिष्ट सहजकर्ता सुशील बस्नेत र अधिकारकर्मी सुरेश श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि रेडक्रस दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरे, दाङ जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत,ववई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर पौडे्ल,दंगिशरण गाँउपालिकाका अध्यक्ष भागीराम चौधरी,तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधि नवराज लामिछाने,राप्ती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटालगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला सदस्य प्रकास श्रीबन्दले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।