समाचार

राष्ट्रपतिलाई गाडी किन्ने पैसा साझा पार्टीले दिने

By थाहा अनलाइन

July 12, 2017

काठमाडौँ, २८ असार। साझा पार्टी निर्माण अभियान बुटवलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाडी किन्ने पैसा संकलन अभियान थालेको छ ।

राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न उसले १ नागरिक १ रुपैयाँ संकलन अभियान सुरु गरेको हो । ‘सरकार राज्यको ढुकुटी बाढी र भूकम्पपीडितलाई पठाउ’ भन्ने मुल नाराका साथ उसले रकम संकलन अभियान थालेको हो ।

‘देशका युवाहरु खाडिमा, राष्ट्रप्रमुख करोडौँको गाडीमा’ लेखिएका प्ले कार्डहरु बोकेर साझा पार्टीले राष्ट्रपतिको गाडीको लागि १ नागरिक १ रुपैयाँ संकलन अभियान संचालन गरेको हो ।काठमाण्डु टुडेबाट