दैनिक प्रयोग गर्ने यी चीज -जसको सकिन्छ म्याद



कुनै पनि खाद्यवस्तुको बिक्री मितिलाई हेरेर यदि उक्त मिति नागेको वस्तु भएको खण्डमा त्यसलाई डष्टविनमा फाल्नको लागि निकै नै हतार गर्ने गर्छौँ । हामीले प्रयोग गर्दै आएका घरायासी सामानहरुमा पनि म्याद सकिने खालका हुन्छन् । तर हामी मध्ये कसैले पनि यसको कहिल्यै ख्याल गरेका हुँदैनौं । त्यस्ता म्याद सकिएका वस्तुहरुलाई फाल्नुको सट्टा हामी त्यस्ता वस्तु पूर्ण रुपले नष्ट नभएसम्म प्रयोगमा ल्याइरहन्छौँ । हाम्रा घरमा प्राय धेरै प्रयोगमा आउने वस्तुहरुजस्तै ट्वाइलेट ब्रश, तकिया आदि नियमित रुपमा प्रतिस्थापित गर्नु निकै आवश्यक हुन्छ ।
तर हालै गरिएको एक अध्ययनले हामीले प्रयोग गर्ने अत्याधिक महंगा वस्तुहरुको पनि म्याद सकिने तथ्य फेला परेको छ । हामीले आरामको निन्द्राको लागि प्रयोग गर्दै आएको तकियाको त केही बर्षमा नै म्याद सकिन्छ भने ब्राले त कहिल्यैे पनि आफ्नो जन्मदिन देख्न पनि पाउँदैन । तल उल्लेख गरिएका वस्तुहरुलाई केही पैसाको लोभ गरेर प्रयोग गर्नुको सट्टा म्याद सदिने बित्तिकै फालिहाल्नु पर्दछ ।

चप्पल
लामो समयको कडा परिश्रम पछि विश्वमै सबैभन्दा विश्वसनीयता र आरामदायी चीज भन्नु नै त्यही पुरानो चप्पल नै हुन्छ र यो कुनै अनौठो कुरा पनि होइन ती पुराना फाटेका चप्पल फाल्न हामीलाई पटकै पनि मन लाग्दैन ।

 

 

यद्यपी हालै गरेको अध्ययनका आधारमा, हाम्रो त्यही आरामदायी जुत्ताबाट नै फंगल इन्फेक्सनको धेरै संभावना हुन्छ । यसको संक्रमणबाट बच्नको लागि हामीले प्रयोग गर्दै आएका चप्पलहरुलाई राम्ररी धोएर मात्र प्रयोग गर्नुपर्दछ । त्यसका साथै हामी प्रत्येक ६–६ महिनामा हाम्रो जुत्ता प्रतिस्थापन गर्नुपर्दछ ।

कस्मेटिक्स
प्राय महिलाहरूले आफ्नो कुनै पनि कस्मेटिक्स् उत्पादन त्यति बेलामा प्रतिस्थापन गर्छन् जब उनीहरुको कस्मेटिक्स उत्पादन साँचिकै सकिन्छ । खाद्य पदार्थहरु जस्तै कस्मेटिक उत्पादनहरुको पनि म्याद तोकिएको हुन्छ । अब भन्नुहोस् तपाईं कसरी आफुले प्रयोग गर्दै आएको कस्मेटिक्सको म्याद सकिएको छ कि छैन ?

तकिया
बिज्ञहरुका अनुसार, तकिया कम्तीमा पनि २–३ बर्षमा एक पटक त बदल्नै पर्दछ । एउटा राम्रो तकियाले तपाईंको शिर राम्रो अड्याउँछ र तपाईंको काँध र हड्डीलाई बनाउनको लागि मद्दत गर्छ । यसमा राम्रोसँगले टाउको र काँध अड्डीने हुनुपर्दछ ।

टुथ ब्रश
हामी मध्ये प्रायले हाफ्नो टुथब्रश पूरै नबिग्रीए सम्म अर्को किन्ने सोच्दा पनि सोच्दैनौं । तर यसको लामो समयसम्म प्रयोग गर्दा यसले हाम्रो गीजामा हानी गर्ने गर्दछ । जसको परिणाम स्वरुप हाम्रो गीजामा अनेक प्रकारका रोगहरु लाग्ने गर्दछन् । नराम्रो र बिग्रेको ब्रशमा धेरै किटाणुहरुले संक्रमण गर्न सक्ने भएकाले हामीले प्रत्येक ३ महिनामा आफ्नो टुथ ब्रश परिवर्तन गनुपर्दछ ।

 

ब्रा
तपार्इं एउटा ब्राको प्रयोग कहिलेसम्म प्रयोग गर्नुहुन्छ भन्ने प्रश्नमा प्राय सबै महिलाहरूले जबसम्म यो च्यात्तिँदैन तब सम्म भन्ने उत्तर दिने गर्दछन् । तर ब्रा बिशेषज्ञहरुका अनुसार तपाईंको ब्राले आफ्नो जन्मदिन देख्न पाउनुहुँदैन । एउटा ब्राको प्रयोग मात्र ८ महिनासम्म गर्दा यसबाट कुनै पनि किसिमको संक्रमणको खतरा हुँदैन ।

 

नुहाउने जाली (लुफा)
यो सोच्न पनि मुश्किल हुन्छ कि हामीले नुहाउँदा प्रयोग गर्ने जालीले हामीलाई सफा गर्ने बाहेक अरु पनि केही गर्छ । तर बिज्ञहरुले यसलाई नियमित रुपमा परिवर्तन नगर्दा यसले निकै नै गम्भीर स्वास्थ समस्या निम्त्याउने चेतावनी समेत दिएका छन् । यसलाई हरे

क २–२ महिनामा परिवर्तन गर्नै पर्छ ।

काँइयो
एउटा कपालको कूपमा ५० हजार रोगाणुहरु हुन्छन् र तपाईंको काँइियोको यसको बृद्धिमा प्रमुख भूमिका रहेको हुन्छ । काँइियोमा कपालमा प्रयोग गरिने उत्पादकहरूका अबशेष पनि बाँकी हुने हुँदा यो फोहोर पनि हुन्छ ।

 

हाम्रो छालामा अनेकौं प्रकारका ब्याक्टेरीयाहरु हुन्छन् जुन काँइयो मार्फतसजिलै अर्को मानिसमा सर्न सक्छ । त्यसैले यी रोगहरुबाट आफुलाई बचाउनको लागि कम्तीमा पनि हरेक ४ बर्षमा काँइयो परिवर्तन गर्नुपर्दछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्