दाङ, १३ साउन । माबि बालबिकासमा सुरु भयो दुर्बेसनी बिरुद्ध पढाई सुरु भएको छ । घोराही क्षेत्रमा सामुदायिक विद्यालय अन्तरगत पहिलो पटक दुर्वेसनी पढाई सुरु गरेको माबि बाल विकासका प्रधानध्यापक राजेन्द्र श्रेष्ठले वताउँनुभयो । दुव्र्र्येसनी नियन्त्रणको सुत्रपात विद्यार्थीहरुबाट गरी सभ्य र स्वस्थ्य समाज निर्माण गर्ने गराउने उद्देश्यले पाठ्यक्रम लागु गरिएको विद्यालयका प्रधानध्यापक राजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो । विद्यालयमा यसैवर्ष देखी अध्ययन अध्यापन गराउने गरी पाठ्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।
लागु औषध दुव्र्र्र्येसन नियन्त्रण विद्यार्थीहरु लाई सचेत बनाई दुव्र्यसन रहित समाज निर्माणका लागि अभिप्रेरित गर्ने गराउने पाठ्यक्रम अध्यापन लागु गरिएको उहाँले बताउनुभयो । पाठयक्रम अध्यापनले विद्यार्थी परिवार र समाजलाई नै सचेत गराउन सक्छ । जसको थालनी विद्यार्थीहरु बाटै गरिने प्रयास गरेका छौं । विद्यार्थीलाई लागु औषध विरुद्धको ज्ञान दिन सके परिवार ज्ञान आर्जन गर्न पाउने परिवार हुदै समाजले पनि केही कुरा सिक्ने पाउने भएकाले विद्यालयले यो अभियान शुरु गरिएको उहाँको भनाई छ । चालु आर्थिक वर्ष २०७५÷०७६ देखी कक्षा ७, ८, ९ र १० मा पाठ्यक्रम लागु गरिएको उहाँले जानकारी दिनुभयो । वाँकी १ देखी ६ कक्षा सम्म आउदो शैक्षिक सत्रदेखी लागु औषध पाठ्यक्रम लागु गरिने उहाँको भनाई छ ।
लागु औषध दुव्र्यसन विरुद्धको दुई/चार घण्टाको अभिमुखीकरण कार्यक्रमले मात्रै लागु औषध दुव्र्यसनी नियन्त्रणले सार्थकता नपाउने बताउनुहुन्छ औषध दुव्र्यसनी विरुद्धका अभियान्ता बसन्त पुन । अभिमुखीकरणले कार्यक्रम केही व्यक्तिलाई मात्रै प्रशिक्षित गर्न सक्ला तर आम समाज र परिवारलाई शिक्षित गराउन सक्दैन । त्यसले पाठ्यक्रमको अध्यापन निकै जरुरी रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘ चल्दै आइरहेको अभिमुखीकरणले केही सघाउ पु¥याएको थियो । तर पाठ्यक्रम अध्यापनले निर्मुल पार्न सक्ने भूमिका निर्वाह गर्न सक्छ । ’ बढ्दो दुव्र्यसनीले हरेक व्यक्ति र परिवार पिडित बन्दै गइरहेकाले पाठ्यक्रम अध्यापनले समेत चेत खोल्न सक्ने उहाँले बताउनुभयो । लागु औषध बिरुद्धको अज्ञानताकै कारण हरेक परिवार र व्यक्ति त्यसको शिकार हुनुपरिहेकाले एउटा विद्यालय मात्रै होईन सामुदायिक र नीजि विद्यालयहरुमा यस विरुद्धको अध्यायन हुन निकै जरुरी रहेको उहाँले बताउनुभयो ।
बढ्दो लागु औषध दुव्र्यसनी हरेक घर पीडाको घर बनिरहेको घोराही उपमहानगरपाकिला वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले बताउनुभयो । ‘लागु औषध दुव्र्यसन विरुद्धको अभियान, सही समयमा सही पहिचान भन्ने मुलनाराका साथ बालविकास माविले लागु गरेको लागु औषध शिक्षाको पाठ्यक्रम शुभारम्भ कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । बढ्दो लागु औषध दुव्र्यसनीले व्यक्ति, परिवार र समाजलाई बरबादी पारिहेकाले हरेक घरको पीडा बन्दै गइरहेको उहाँले बताउनुभयो ।
सामाजिक विकृतिका रुपमा देखा पर्दै गइरहेको लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि हरेक व्यक्ति , परिवार र समाज जागरुक हुनुपर्ने उहाँले बताउनुभयो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरिकला रेग्मीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको विषयवस्तु माथि विद्यालयका प्रअ राजेन्द्र कुमार श्रेष्ठले प्रकाश पार्नुभएको थियो । भने विद्यालय लागु औषध दुव्र्यसनी फोकल पर्सन विद्यालयका शिक्षक यादवप्रसाद आचार्यलाई चयन गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।