गिरिराज नेपाली
असार २८ , दाङ । घोराहीमा निर्माणाधिन ४ लेन सडकका खाल्टाखुल्टी पुर्ने काम सुरु भएको छ । सडक निर्माण संगै जथाभावी खनिएका सडक वर्षात सुरु संगै पानी जम्न थाले पछि सडक हिलाम्मे संगै खाल्डाखुल्डी परे संगै आवत जावतमा नागरिकहरुले सास्ती खेप्न थालेपछि नागरिकको सेवा र सास्ती लाई मध्येनजर गर्दै सोमवार राती देखी घोराहीको मेनरोडका खाल्डाखुल्टी पुर्न सुरु गरिएको छ ।
सडक स्तरोन्नती संगै सडकमा परेका खाल्टाखुल्टीले सडक हिलाम्मे भए पछि सर्वसाधरण पैदलयात्री देखी सवारी आवतजावत निकै कष्टपुर्ण वनेका थिए । सडकमा जथाभावी थुपारिएका निर्माण सामाग्री सडक हिलामे संगै खाल्टाखुल्टी परे पछि मेनरोड वासीहरु हिलाम्मे सडकको सास्ती खेपीरहेका थिए । भने पैदल हिड्ने बटुवा लाई समेत निकै सास्तीको जनगुनासो लगातार स्थानिय तथा केन्द्रिय पत्रपत्रिकाहरुमा समाचार प्रकाशन भए संगै घोराही मेनरोडका खाल्टाखुृल्टी सोमवार राती देखी पुर्न सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय दाङका अनुसार खाल्टाखुल्टी र हिलाम्मे सडकका कारण सर्वसाधरण आवत–जावत संगै सवारी दुर्घटना निम्तीने सक्ने भन्दै द्रुतगतिमा ४ लेन सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम जारी रहेको जनाएको छ । जताततै खाल्टाखुल्टी र हिलाम्मे सडकका कारण बाटो हिड्ने बटुवा देखी सवार हुने गाडी सम्ममा निकै जोखिम रहेकाले उक्त जोखिम कम गरी सहज नागरिक सेवा दिने उद्देश्यका साथ सडक खाल्टाखुल्टी पुर्न लागिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री प्रसाद शर्माले वताए । उनले भने‘ वर्षातका कारण हिलाम्मे र खाल्टाखुल्टी सडकका कारण नागरिक आवतजावतमा सकस परेकाले नागरिक सेवाका लागि खाल्टा पुर्ने काम सुरु गरिएको उनले वताए । ४ लेन सडक निर्माण कार्य विचमै रोकिदा नागरिकहरुले अझै सास्ती खेप्नु परेको भन्दै उनले निर्माण कार्यलाई निरन्तर दिन आग्रह गरे । उनले भने हिलाम्मे र खाल्टा परेका सडकमा एकतर्फी मात्रै आवतजावत गर्दा नागरिकहरु थप त्रसित र जोखिम पुर्ण सवार गर्नु परेको वताए ।
चाँरै तिर हिलो र खाल्टाले सडक छेउ वाट हिड्न पैदलयात्रीहरुको जिउभरी हिलो र दुर्घटनामा समेत पर्न सक्ने सम्भावना वढ्दै गईरहेकाले त्यो दुर्घटना हुन नदिनका लागि सडक कार्यालय निर्माण कम्पनी संग सहकार्य गरी सडक मर्मत सुरु गरिएको शर्माले जानकारी दिए ।
खाल्टा खुल्टी परेका सडकमा निर्माण कम्पनी आफैले पुर्ने काम सुरु गरिरहेकाले हिलाम्मे सडक र खाल्टाखुल्टी पन्छाउने काम भई रहेको छ ।
पं्रमुख शर्माका अनुसार निर्माणाधिन ४ लेन सडकका खालटखुल्टी विहिवार सम्ममा सवै पुरी सक्ने जानकारी दिए । डिभिजन प्रमुख शर्माले निर्माण कम्पनी आफैले निर्माण अवधीभर खोला तथा सडकहरु खाल्टा खुल्टती पुर्ने डाईभर्सन निर्माण गर्ने सहमति भएता पनि निर्माण कम्पनीहरुले गुजाराका भरमा खोला तथा सडकहरु संञ्चालन गरेकाले आवश्यक अनुगमन र निगरानी वढाउदै लगिरहेका जानकारी दिए । घोराही कटुवा खोला देखी देखी करिव तुलसीपुर चोक सम्म निर्माण १४ सय मिटर ४ लेन सडक विस्तार ढिलाई हुदा नागरिकहरु निकै कष्टकर दैनिकी विताई रहनु परेको उनले वताए । तर निर्माण कम्पनीहरु वर्खा लाग्यो भन्दै काम छोड्दा हिलो र खाल्डाखुल्टीले निकै सास्ती दिएको छ । साँधुरो सडकमा पनि जथाभावी रुपमा निर्माण सामाग्री छरिएर राखिएका नागरिक आवत जावतमा पनि थप समस्या पैदा भएको उनले वताए । भने एकतर्फी रुपमा गाडी आवत जावत गर्दा पनि सडक विग्रीएर खाल्डाखुल्टी परेको उनले वताए । उनले भने निर्माण कम्पनी वर्षात अघि नै गरिसक्नु पर्ने काम भर्खर सुरु गरेको छ । यसमा पनि निर्माण कम्पनीले निकै लापरवाही गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।