लोकमानलाई कालोमोसो दल्नेले रुकुममा पनि दले कालोमोसो



दाङ २९ असार । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार गरेको भन्दै रुकुमका दुई कर्मचारीलाई कालोमोसो दलेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुकुमका इन्जिनियर सन्दीप शाह र जिल्ला समन्वय समिति रुकुमका सबइन्जिनियर चिताराम खड्कालाई कालोमोसो लगाई बजार घुमाएको छ ।

कालोमोसो दल्ने अभियानको नेतृत्व लोकमान कार्कीलाई कालोमोसो दल्ने चन्द्रबहादुर बुढाले गरेका छन् । केहि कार्यालयका कर्मचारीले असार मसान्तमा फर्जी कागज बनाएर विल मिलान गर्ने, भ्रष्टाचार गरेर उपभोत्तलालाई दुख दिने जस्ता काम गरेकाले कालो मोसो दल्नु परेको सो पार्टीले जनाएको छ ।

ट्रेड युनियनको ध्यान आकर्षण ः

कर्मचारीलाई असार मसान्तमा कामको चटारो रहेका वेला अज्ञात समूहले कालो मोसो दल्ने, तर्साउने काम गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । आधिकारीक टे«ड यु्नियनका अध्यक्ष विश्व के.सीले एक विज्ञप्ती जारी गरी पार्टीको नाम उल्लेख नगरेर अज्ञात समूहले कालो मोसो दलेको भन्दै दोषिमाथि कार्वाहीको माग समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्