आमा भन्छिन , छोरालाई कसरी बचाउँ



 

टेक बहादुर पुन
श्रावण १४ दाङ

अनेकौँ समस्याका वावजुत पनि उज्यालो भविष्यको खोजी सबैलाई हुन्छ । यहि उज्यालो भविष्यको खोजीमा जीवनमा ठूलै संघर्ष गर्नुपरेको छ, बिमला बेल्वासेलाई ।
श्रीमान खिमप्रसादको दुवै मृगौलामा समस्या आयो । पाँच वर्षसम्म डाईलासिस गर्नुपर्‍यो । भेन्टीलेटरमा पनि राख्नु पर्‍यो । श्रीमानको उपचारमा भएको सबै सम्पत्ति सकियो । अहिले उनका श्रीमान उपचारको लागि भारतको दिल्ली गएका छन् ।

यिनै बिमलालाई अर्को समस्याले घेर्‍यो । श्रीमानको उपचार हुदै गर्दा छोरा विशेषलाई अनौंठो रोगले सतायो । सुरुमा अनुहारमा कालो कोठि जस्तै फोका उठ्यो । बिस्तारै आकार बढ्दै गयो । अनुहार पुरै छोपिन थाल्यो । नाक, गाला वरिपरी मासु पलाउन थाल्यो । झन पछि झन समस्या बढ्दै गयो । उपचारका लागि काठमाडौँमा नाम चलेका अस्पताल पुर्‍याइयो । छोरा विशेषलाई जीन समस्याले यस्तो भएको डाक्टरहरुले पत्ता लगाए । यसको उपचार नेपालमा सम्भव छैन् । भारतको अस्पतालमा उपचार गर्दा कम्तिमा ५०र६० लाख भारु रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएपछि बिमलाको होस हवास नै उडेको छ ।

‘श्रीमानको उपचारमा भए भरको सबै सम्पत्ति सकियो । छोराको उपचार कसरी गर्ने रु बिमलाले भनिन्–‘आमा बुवाको मन त हो, सन्तानको माया सबलाई हुन्छ। कलिलै उमेरमा ठूलै रोगले समात्यो । उपचार गरेर नयाँ जीवन दिन सकिन्छ । सबैसँग अनुरोध गर्छु, हामीलाई सहयोगको खाँचो छ ।’ अर्घाखाँचि भूमिकास्थान–१ घर भएकी बिमला लमही–६ देउपुर माइत आएकी छिन् । जीनमा समस्या देखिनु लाखौँ व्यक्ति मध्ये एकरदुई जनामा यस्तो समस्या देखिन्छ । छोराको जीवन रक्षाको लागि सहयोग माग्न बिमला माईत आएकी हुन् । ‘भएको जमिन र गरगहना बेचेर श्रीमानको उपचार गरे, छोरा बचाउन के गरौँ, अब त बेचौँ भनेपनि केही छैन, भक्कानिँदै उनले भनिन् ‘छोरोलाई बचाउन मन छ तर उपचार खर्च कहाँबाट ल्याउने रु
विशेषमा ट्यूमरको समस्या पनि थियो । ट्यूमरको सल्यक्रिया गरियो । तर, अनुहारमा मासु पलाउने समस्या नरोकिएपछि जिन फेरेर थेरापी गरेपछि रोग निको हुने चिकित्सकले बताएका छन् । आफन्तहरुले विशेष बचाउ अभियान पनि चलाएका छन् । छोराको जीवन बचाउन अपिल गर्दै कृषि विकास बैंकमा ०२१२१०१२३४०२९०११ नम्बरको खाता समेत खोलिएको छ । लमहीका युवा व्यवसायि कृष्ण घिमिरेले विशेष बचाउ अभियानलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्