संबिधान बिपरीत दोहोरो कर लिदै गढवा, व्यवसायीहरु अदालत जाने तयारीमा



बिष्णुकुमार देवकोटा÷सागर थापा
दाङ १४ साउन ।

संबिधानलाइ लत्याउँदै गढवा गाँउपालिकाकाले नदि तथा खानी जन्य बस्तुहरुको निकासीमा दोहोरोकर लिन थालेपछि व्यवसायीहरु अदालत जाने तयारी गरेको बुझिएको छ ।
दाङ जिल्लाको गढवा गाँउपालिकाको भुगोल भित्र संचालित विभिन्न बालुवा प्रसोधन उद्योग, क्रसर उद्योग तथा खानी एवं नदिजन्य पदार्थमा आधारीत उद्योगी तथा व्यवसायीहरु अदालत जाने तयारी मा रहेको नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायी ले बताए ।
गढवा गाँउपालिकाले नाकाहरुमा व्यक्तिहरु खटाएर कर असुलिगरिरहेको छ ।

नेपालको लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको धारा २२६ अन्तर प्रदेश व्यापार सम्बन्धि गरिएको व्यवस्थामा “प्रदेश वा स्थानीय तहबाट अर्को प्रदेश वा स्थानीय तहको क्षेत्रमा हुने बस्तुको ढुवानी वा सेवाको बिस्तारमा कुनै किसिमको बाधा , अबरोध वा कुनै कर , शुल्क दस्तुर वा महसुल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी वा बिस्तारमा कुनै किसिमको भेदभाव गर्न पाइने छैन ” भनि किटानी साथ उल्लेख गरीएको छ ।

तर यता स्थानीय सरकार संचालन २०७४ को हवाला दिदै गढवाले नदि तथा खानी जन्य पदार्थहरुमा दोहोरो कर लिइरहेको छ ।
यस बिषयमा जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले दोहोरो कर लिन नहुने बताउनुभयो । “ठेक्का लगाउँदा पनि कर र निकासी गर्दा पनि कर यो दोहोरो कर नै हो । ” यस बिषयमा जिल्ला समन्वय समितिले केहि गर्न नसक्ने गौतमले जिकीर गर्नुभयो ।

पालिकाको मिति २०७५र०४र०३ गते बसेको बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ घ ९६० बमोजिम नदि तथा खानि जन्य बस्तुहरुको निकासीमा प्रति क्यूव फुट रु २ कादरले मुल्य अभिबृद्धिकर १३ प्रतिसत समेत जोडेर निकासीकर लिन थालेको गाउपालिकाका निमित्त प्रशासकिय अधिकृत नेव बहादुर वलिले जानकारी दिनुभयो ।

जबकि एस अघि जिल्ला समन्वय समितिले खानि बाट उत्खनन् गर्दा र जिल्ला बाहिर निकासी गर्दा मात्र निकासी जन्य कर लगाउँदै आएको थियो । यस बिषयमा गढवा गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष प्रकाश भण्डारीलाइ टेलिफोनमाम संपर्क गर्दा आफु काठमाण्डौमा गएका बेला निर्णय गरिएको आफु यस बिषयमा बेखबर रहेको प्रतिकृया दिनुभयो । यस बिषयमा जिल्ला समन्वय समितिका उपसभापति श्रधिर पौडेल संग बुझ्दा कुनै पनि हालतमा दोहोरो कर लिन नपाइने बताउनुभयो ।

“ स्टक मालको स्टक प्रमाणित गराउनु पर्दछ तर कुनै पनि हिसाबले एउटै बस्तुमा दोहोरो कर लगाउनुहुँदैन” पौडेलले भन्नु भयो । यता व्यवसायीहरुले भने यसरी एकै बस्तुमा दोहोरो कर लगाउदा उपभोक्ताहरु सिधै मर्कामा पर्ने बताएका छन् । खानिमा पुग्दा कर, संकलन गरी निकासी गर्दा कर अन्तःमुल्य बृद्धिहुने त उपभोक्तालाइनै हो ।

गढवा गाँउपालिकाले वडाहरुमा अर्को व्यवस्था नहुदा सम्मलाई अधिकार प्रत्यायोजनगरी वडाहरुबाटै निकासी कर लिने निर्णय गरेको छ । यता जिल्ला समन्वय समितिले भने क्रसर एदोगी, बालुवा प्रसोधन उद्योगी तथा ढुङ्गा व्यवसायीहरुले स्टक प्रमाणित गराई दोहोरो क तिुर्ननपर्ने बताएको छ । “यस बिषयमा हामि सर्कुलर जारी गर्छो” उपाध्यक्ष पौडेलले भन्नुभयो । निकासीकर गढवाको कालाकाँटे, वडा नं १,५र ८ तथा गाडि प्रबेस कर कोइलाबास मा लिन सुरुगरिएको गढवा गाँउपालिकााकले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्