लमही अस्पताल अस्तव्यस्त बन्दै



ओमप्रकाश गुप्ता
लमही, १५ साउन । देउखुरी क्षेत्र कै एक मात्र अस्पताल लमही अस्पतालको सेवा अस्तव्यस्त बन्दैगएको छ । अस्पतालमा १५ दिनदेखि एक्सरे, एम्बुलेन्स र शव बहान सेवा ठप्प रहेको छ ।

पूर्ब–पश्चिम राजमार्गमा रहेको लमही अस्पतालमा एक्सरे नहुँदा सेवा प्रबाहामा समस्या भएको छ । त्यस्तै विरामी बोक्न अतिआवश्यक मानिने अस्पतालको एम्बुलेन्स र शव बाहन सेवा अबरुद्ध हुँदा झनै समस्या भएको छ ।

गत असार ३२ गते कर्मचारीको ब्यबस्थापन बिना नै तत्कालिन अस्पताल ब्यबस्थापन समितिले लमही नगरपालिकाको ठाडो आदेशमा अस्पतालमा करारमा रहेका नौं जना कर्मचारीलाई एकै पटक अबकाश दिएको थियो ।

अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बहान सेवामा कार्यरत गरी नौं जना करारका कर्मचारीहरुलाई अवकाश दिइएको र अस्पतालमा आबश्यक उक्त जनशक्ति पदपुर्ति नहुँदा सेवा प्रर्बाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड बिमलेशकुमार गुप्ताले बताएका छन् । स्थानीय सरकारले जति सक्यो छिटो अस्पतालमा पदपुर्ती गरी सेवा प्रर्बाहमा सहजता ल्याउन आबश्यक रहेको उनले बताए ।

करारमा रहेका कर्मचारीहरुले छोड्नु परेमा वा हटाउनुपर्ने अवस्था आएमा १५ दिन भित्र जानकारी दिनुपर्ने करार सम्झौता भएपनि आफुहलाई पुर्ब जानकारी बिना नै करार अबधी सकिएको पत्र थमाइएको अबकाश प्राप्त एक कर्मचारीले गुनासो गरेका छन् । अस्पतालमा २० बर्ष सम्म सेवा गरेका कर्मचारीहरुलाई बिना कुनै पुर्ब जानकारी अबकाश दिइएको उनले आरोप लगाए ।

यसैबीच ल्याबमा कार्यरत दुई जना करार कर्मचारीको भने करार थप गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्