आफ्नै चिहान बनाएर मृत्यु कुर्दै



सैघाली खबर, १५ साउन ।
मान्छे मरेपछि चिहानसम्म अरुले नै पुर्‍याउँछन् र चिहान पनि अरुले नै बनाइदिन्छन् । तर धनकुटाको साँगुरीगढी गाउँपालिकाको बुढिमोरङको कुरा बेग्लै छ । यहाँका केही पाका मानिस जिउँदो छँदै चिहान बनाएर मृत्यु कुरिरहेका छन् ।

किरात धर्मावलम्बीलाई घर नजिकको बारी वा जंगलमा चिहान बनाएर राख्ने चलन पुरानो हो । तर चिहानका लागि चिटिक्क परेका घर बनाउने चलन शुरु भएको धेरै वर्ष भएको छैन ।

घरमा एक्लै हुँदा, साथमै छोराछोरी भएपनि इच्छा अनुसारको चिहान नबनाइदिने हुन् कि भन्ने आशंका, लाहुर जाँदा विदेशमा देखेका व्यवस्थित चिहान र छोराछोरी बिदेशमा हुँदा राम्रोसित अन्त्येष्टि हुँदैन कि भन्ने चिन्ताले यहाँका पाकाहरुले जिउँदो जिउँदो छँदै आफ्नो चिहान बनाउन थालेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्