प्रदेश ५

दुई दिन देखी घोराहीको फोहोर उठेन ‘स्थानिय वासी द्वारा ल्याण्ड फिल्ड साईटमा तालावन्दी’

By थाहा अनलाइन

July 13, 2017

सैघाली अनलाईन खवर असार २९ , दाङ । बुधवार देखी घोराही वजारको फोहोर उठ्न सकेको छैन । फोहोर व्यावस्थापनमा सम्वन्धीत कार्यालयले लापरवाही गरेको भन्दै घोराही उप–महानगरपालिका वडा नम्वर १६ ल्याण्ड फिल्ड साईडका स्थानिय वासिन्दाहरुले आन्दोलित भएका छन ।

स्थानियवासीहरु आन्दोलित भए संगै घोराही वजारको फोहोर उठ्न सकेको छैन । अव्यवस्थित रुपमा थुप्रिएको फोहोरका कारण दुर्गन्ध संगै झिँगा भन्किएकाले झाडा पखालाको समस्या देखा पर्दै गईरहेकाले फोहोर व्यावस्थापनको माग गर्दै तालावन्दी गरिएको स्थानिय देउमन परियारले वताए । पटक पटक सम्वन्धीत कार्यालय लाई फोहोर व्यावस्थापनका लागि आग्रह गरे पनि सम्वन्धीत कार्यालयले चाँसो नदेखाएको आरोप लगाउदै तालावन्दी गर्नु पर्ने वाध्य भएको परियारले वताए ।

यता घोराही उप–महानगरपालिका कार्यालयले स्थानियवासीहरुले फोहोर खसाल्न रोक लगाए पछि वुधवार देखी वजार क्षेत्र उठ्न नसकेको जनाएको छ । कार्यालयका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले डम्पिङ क्षेत्रमा दुर्गन्ध फैलिएको भन्दै स्थानियवासीले फोहोर खसाल्न नदिएकाले फोहोर उठाउन नसक्दा फोहोर थुप्रिदै जान थालेको वताए । तर फोहोर व्यावस्थापनका लागि स्थानिय वासी र उप–महानगरपालिका विच छलफल जारी रहे पनि दुई सम्म छलफल जारी रहेको जनाएको छ ।