जनक नेपाली
दाङ १५ श्रावण ।
बर्तमान सरकारका बिरुद्ध दाङमा कांग्रेसले बिरोध प्रदर्शन गरेको छ । सरकारको जनबिरोधी कार्यशैली भएको भन्दै काग्रेसले विरोध प्रदर्शन गरेको हो । आफ्नो केन्द्रीय कार्यक्रम अनुसार कांग्रेसले दाङ सहित ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गरेको जनाएको छ । दाङमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेसका नेता एवं प्रदेश नं। ५ का प्रदेश सभासदस्य डिल्ली चौधरीले वर्तमान सरकारका कारण जनताले दुःख पाएको वताउँनुभयो ।
सरकार जनविरोधी शैलीमा काम गरेको भन्दै यसले द्धन्द्ध निम्त्याउँने वताउँनुभयो । वर्तमान सरकारकै कारण देश अस्थितामा जाने सम्भावना भएको वताउँदै जनता माथी अधिनायकवाद लाद्ने कुरा काग्रेसलाई मान्य नहुने वताउँनुभयो । पछिल्लो समय मुलकका भष्टाचार, महंगी बढ्दै गएको वताउँदै सरकारको कार्यशैलीका कारण फेरी जनता सडकमा आउँने स्थित पैदा भएको वताउनुभयो । काग्रेस पञ्चायत,राणा शाषण र राजतन्त्रका विरुद्ध समेत लड्दै आएको भन्दै अब देशमा निरङकुश शाषण लाद्न खोजे केपी सरकार विरुद्ध लड्ने समेत वताउँनुभयो ।
्विरोध प्रदर्शनलाई प्रतिनिधी सभा सदस्य अर्जुन श्रेष्ठ, पुर्व सासंद राजु खनाल, योगेन्द्र चौधरी, बुद्धिराम भण्डारी शुसिला चौधरी कांग्रेस दाङका सचिव कमल किशोर घिमिरे लगाएतले सम्बोधन गर्नु भएको थियो । कांग्रेस पार्टी कार्यालयवाट सुरु भएको विरोध प्रदर्शन ¥याली ट्राफिक चोक,नयाँ निमहल रोड,बालमन्दिर दामोदर चोक हुदै तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो ।जिल्ला सभापति कृतिबहादुर खड्कको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव टेकबहादुर वलीले गर्नु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।