३० वर्ष काम गरेको व्यक्तिको प्रमाणपत्र छानविन बाहाना मात्र-गच्छदार



काठमाडौं, १५ साउन । कांग्रेस नेता विजयकुमार गच्छदारले दीपकराज जोशी नै अहिलेको सबैभन्दा योग्य व्यक्ति भएको तर्क गरेका छन् ।

उनले जोशी ३० वर्षसम्म न्याय क्षेत्रमा काम गरेको व्यक्ति भएको भन्दै उनी एक मात्र हालको योग्य उम्मेदवार भएको बताए । यति लामो समय काम गरेको व्यक्तिको प्रमाणपत्र छानविन गर्नु बहाना मात्र भएको गच्छदारले बताए ।

मंगलबार विराटनगरमा बोल्दै गच्छदारले यस्तो बताएका हुन् ।

जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नुमा नै मुलुकले न्याय पाउने उनको भनाई छ । सरकारले दुई तिहाइको बलमा संविधान उल्लंघन गर्न खोजेको उनको आरोप छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीको विषयमा संसदीय सुनुवाई समितिमै विवाद भईरहेको छ । तर गच्छदारले खुलेरै जोशीलाई नियुक्त गर्न माग समेत गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्