सैघाली खबर संवाद्दाता
दाङ साउन १५
लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि अभिभावकहरु चनाखो हुनुपर्ने लागु औषध नियन्त्रण तथा दुव्र्यसनी पुनस्थापना को कृयासील अपभयानकर्मीहरुले बताएका छन् ।
आज सैघाली खबर संग लाइभ कुराकानी गर्दे नयाँ जीवन पुनस्थापना केन्द्र घोरहीका संस्थापक खेमराज घिमिरे, कार्यक्रम संयोजक रुपशे वलि र पुनःस्थापना इन्चार्ज बिनय डाँगीले यस्तो बताउनुभएको हो ।
“ बच्चा बिद्यालयबाट ढिला आउनु, सानो सानो कुरामा झर्किने, चर्पीमा घण्टौ बितउने, सरसफाइमा ध्यान नदिने जस्ता कार्यहरु लागु औषध दुव्र्यसनका प्रारम्भिक लक्षणहरु हुन्” संस्थापक घिमिरेले बताउनुभयो । यो अवस्थामा लागुऔष दुव्र्यसनिलाइ उचित परामर्श मार्फत सुधार गर्न सकिने घिमिरेले बताउनुभयो । लागुऔषध दुव्र्यसनले मानव जीवनमा व्यक्तिगत, पारीवारीक, सामाजीक गम्भिर असरहरु गर्ने भन्दै दुव्र्यसनिको उचित उपचार हुन जरुरीरहेको बताउनुभयो । समाजमा घट्ने हरेक अपराधहरुमा लागुऔषध दुव्र्यसनीहरु संलग्न हुने कार्यक्रम संयोजक रुपेश वलीले बताउनुभयो । ३० जनाको क्षमतारहेको नयाँ जीवन पुनःस्थापना केन्द्रे दाङमा संचालनमा रहेका सबै केन्द्र बिच समन्वय आवस्यक रहेको बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।