प्रदेश ५

घोराही उप–महानगरपालिकाले सबै वडा कार्यालयबाट कर सङकलन गर्ने

By थाहा अनलाइन

July 31, 2018

 

दाङ ,१५ श्रावण । घोराही उपमहानगरपालिकाले यसबर्ष देखि वडा कार्यालयबाटै कर संङकलन गर्ने तयारी गरेको छ । कर सङकलन प्रणालीलाई व्यवस्थित गर्न सफ्टवरको माध्यमबाट काम सुरु गर्ने घोराही उपमहानगरपालिका दाङले जनाएको छ । श्रावणको अन्तिममा सातासम्म सबै वडा कार्यालय बाट कर संङकलन गर्ने काम सुरु हुने घोराही उपमहानगरपालिकाका प्रमुख मेयर नरुलाल चौधरीले वताउँनुभयो । वडा कार्यालयमा खट्ने कर्मचारीलाई तालिम दिने काम भैरहेको वताउँदै प्रमुख चौधरीले अबको केही दिनमै घोराही उपमहानगरपालिको वडा नं.४,१० र १४ बाट कर संङकलन गरिने वताउँनुभयो ।

उप– महानगरपालिकाको १९ वडामा भने नेट र विजुलीको व्यवस्था नभएकाले तत्काल यो कार्यक्रम लागू नहुने बताउँनुभयो ।नागरिकलाई सामान्य कर तिर्नका लागि उप– महानगरपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्ने प्रमुख चौधरीले वताउँनुभयो सर्वसाधारणलाई सामान्य कामका लागि उप–महानगर मै आउनुपर्ने बाध्यताको अन्त्य हुने उहाँको भनाई छ । उप–महानगरले सबै वडाहरुमा भवन निर्माणको कामलाई प्राथमिकतामा दिएर काम गरेको वताउँदै भवन अभावमा रहेका कार्यालयको लागि पनि भवन निर्माण गर्ने तयारी समेत भएको प्रमुख चौधरीले वताउँनुभयो ।यसका साथै सबै वडामा स्वास्थ्य क्लिनिक उप–महानगरपालिकाले सबै वडामा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने तयारी समेत रहेको वताउँनुभयो ।