कौवाघारी हत्या काण्डको १६ बर्ष पुरा – पीडित भन्छन् हत्यारालाई कहिले कारर्वाही हुन्छ ?



 

जनक नेपाली

दाङ,१६श्रावण ।त्यो बर्ष बर्षात नै भएन अधिकासं खेतबारी बाझै थिए हलो फराई लिन भन्दै राजाकोट जंगल छिरेका भुपाल नेपालीका तीन छोराले न हलो नै ल्याए न फराई बरु उनको घरमा छोराहरुको हत्या भएको खबर आईपुग्यो ! घटना २०५९ श्रावण १६ गतेको हो बिहानको सात बज्दै थियो ।  तुलसीपुर उप–महानगरपालिका १३ कौवाघारी  गाउँका १२ जना युवक राजाकोट जंगल हिडे त्यसको एक पछि जंगलमा एक्कासी परररर गोली चलेको आवाज आयो सबै गाउँले त्रसित भयौ जंगलमा के भयो भनेर ! घटनाको स्मरण गर्दै भुपालले भन्नुभयो कसैले छोरा त कसैले श्रीमान कसैले बावु खोज्दै जंगलतर्फ लागे । जंगल पुग्दा नफुग्दै वन हेरालु चौकिदारले सेनाले १२ जना माओवादी सेना मारेको खुशीयालीमा हर्ष बढाई खान खसी खोज्न हिडेका चौकीदारले सबैकुरा भनेपछि भुपाल सहित तिन भाई छोराहरुको हत्या भएको आमा बिजुली नेपालीले थाहा पाउनुभयो ।

तीनभाईको हत्या भएको खबर सुनेपछी बेहोस भएकी बिजुली नेपाली झण्डै १८ घण्टा पछिमात्र होस खुल्यो । सारा गाउँनै त्रसित बन्दै गयो गाउँभर सन्नाटा छायो रुवाबासी नै चल्यो तर गाउँको रुवावासी कसैले सुनेन बरु उल्टै सेनाले आएर मार्र्ला की भन्ने त्रासले गाउँनै छाड्नु पर्ने बाध्यता आईलाग्यो बिजुलीले भन्नुभयो ।

सेनाले कौवाघारीका भुपाल नेपाली,रमेश नेपाली, मंगल नेपाली, सोमराज नेपाली, रमेश नेपाली, जोगबहादुर नेपाली, रामलाल नेपाली, रामप्रसाद नेपाली, देवीराम नेपाली, नीपबहादुर नेपाली, रेशम नेपाली, र फुलवारी ५ का खड्कबहादुर विक गरी १२ जना युवाको सामुहिक हत्या गरेको थियो । हत्या गरिएका न सबै युवाहरु न माओवादी आतङकारी नै थिए न कुनै सेना नजिकका मान्छे नै ! गहभरी आशुझर्दै विजुलीले भन्नुभयोकान्छो छोरो मंगलले विवाह गरेको तीन महिना मात्र भएको थियो कलिलै उमेरमा विवाह गरेर घरजम जोड्दै गरेको छोरो गुमाउदाँको पिडा उस्तै छ भन्नुभयो ।

छोराको हत्या भएको १६ बर्ष सम्म पुग्दा पनि हत्यारालाई कारर्वाही नभएको विजुलीले वताउँनुभयो ।छोराको हत्या भएपनि राज्यले हत्यारालाई कारवाही नगरेको बिजुलीको भनाई छ । नतिनाको पालन पोषण गर्ने र शिक्षादिक्षा कसरी दिने भन्ने मुख्य चिन्ता छ भन्नुभयो । जेठो छोरो भुपालका तिन बहिनी छोरी छन कसरी पालन पोषण गर्ने वताउँनुभयो । घरको सम्पती पनि छैन काम नगरे खाना पुग्दैन कसरी दिन काटने बिजुलीले बताउँनुभयो । कमाई गर्ने छोरालाई सेनाले हत्या गरिदियो कसरी ज्यान पाल्नु उहाँले थप्नुभयो ।

रमेश की श्रीमती लक्ष्मीले श्रीमानको हत्या संगै परिवारमा ठुलै बज्रपात परेको औल्याउनु । अहिले सम्म श्रीमान देवर लगायतका गाउँका १२ जनालाई हत्यागर्ने माथि कारवाही नगर्नु राज्यले सिङ्गो शहीद माथि बेवास्था गर्दे आएको उल्लेख गर्नुभयो । श्रीमान गुमाउनुको पिडा हुँदाहुँदै पनि एक गाँसका लागि संघर्ष गदै आइरहेको छु, राज्यले सहिद परिवारलाई उपेक्षा गरेको लक्ष्मीको गुनासो रहेको छ । त्यसैले हत्यारालाई कारवाही गर्न सरकार संगमाग गर्नु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्