एयरपोर्ट संचालनका लागि प्रकृया अघि बढाउन कार्यदल गठन



दाङ,२९ असार
तुलसीपुर उप महानगरपालिकाले एक सय दिनभित्र एयरपोर्ट संचालनका लागि प्रकृया अघि बढाउन कार्यदल गठन गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरेको हो ।
उपमहानगरपालिकाको कार्यपालीकाको बुधबारको बैठकले गठन गरेको कार्यदलको सदस्यहरुमा ५, ६,७ र १२ नम्बर वडाका वडा अध्यक्ष र तुलसीपुर उद्योग बाणिज्य संघका प्रतिनीधि सदस्य रहेको छ ।
कार्यदलले एक सय दिन दिन भित्र अवरुद्ध टरीगाउँ विमान स्थल संचालनका लागि प्रकृया अघि बढाउने भएको छ । त्यसैगरी साउन २५ गते नगर सभा गर्ने तयारी गरेको उपमहानगरपालिकाले नगर प्रमुखकै संयोजकत्वमा बजेट निर्धारण समिति गठन गरेको छ ।

जसको सदस्यमा नवराज लामीछाने, वेदबहादुर केसी, टोपबहादुर केसी, कुमार लामीछाने, माधव वली र एक जना महिला पछि थप्ने गरि बजेट निर्धारण समिति गठन गरिएको छ । समितिले साउन ५ गते सम्म बजेको सिमाना (सिलीङ) निर्धारण गरिसक्नु पर्ने छ

त्यस्तै प्रत्यक वडाले टोल र वस्ती स्तरका योजना छनौट गरि १७ गते सम्म उप महानगरपालिकामा पठाई सक्नु पर्ने र २१ गते कार्यपालिकाले टुङ्गो लगाउन निर्णय गरेको छ ।
फोहर व्यवस्थापनका लागि नवराज लामीछाने संयोजक र विरेन्द्र शाह उप संयोजक रहेको समिति गठन गरिएको छ ।
जसको सदस्यमा २,३,७, ८, १०, १३, १८ र १९ वडाका वडा अध्यक्ष सदस्य रहने छन् । फोहर व्यवस्थापन समितिले साउन १५ गते सम्म सम्भावित योजना पेश गरिसक्नु पर्ने छ ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको कार्यपालीका बैठकले नगरपालिकाको प्रवक्तामा सर्य बहादुर डागी श्यामलाई तोकेको छ ।त्यसैगरी कार्यपालिकाले नगर उप प्रमुख माया आचार्यको संयोजकत्वमा राजश्व निर्धारण समिति गठन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्