मुख्य समाचार

एयरपोर्ट संचालनका लागि प्रकृया अघि बढाउन कार्यदल गठन

By थाहा अनलाइन

July 13, 2017

दाङ,२९ असार

तुलसीपुर उप महानगरपालिकाले एक सय दिनभित्र एयरपोर्ट संचालनका लागि प्रकृया अघि बढाउन कार्यदल गठन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरेको हो । उपमहानगरपालिकाको कार्यपालीकाको बुधबारको बैठकले गठन गरेको कार्यदलको सदस्यहरुमा ५, ६,७ र १२ नम्बर वडाका वडा अध्यक्ष र तुलसीपुर उद्योग बाणिज्य संघका प्रतिनीधि सदस्य रहेको छ । कार्यदलले एक सय दिन दिन भित्र अवरुद्ध टरीगाउँ विमान स्थल संचालनका लागि प्रकृया अघि बढाउने भएको छ । त्यसैगरी साउन २५ गते नगर सभा गर्ने तयारी गरेको उपमहानगरपालिकाले नगर प्रमुखकै संयोजकत्वमा बजेट निर्धारण समिति गठन गरेको छ ।

जसको सदस्यमा नवराज लामीछाने, वेदबहादुर केसी, टोपबहादुर केसी, कुमार लामीछाने, माधव वली र एक जना महिला पछि थप्ने गरि बजेट निर्धारण समिति गठन गरिएको छ । समितिले साउन ५ गते सम्म बजेको सिमाना (सिलीङ) निर्धारण गरिसक्नु पर्ने छ । त्यस्तै प्रत्यक वडाले टोल र वस्ती स्तरका योजना छनौट गरि १७ गते सम्म उप महानगरपालिकामा पठाई सक्नु पर्ने र २१ गते कार्यपालिकाले टुङ्गो लगाउन निर्णय गरेको छ । फोहर व्यवस्थापनका लागि नवराज लामीछाने संयोजक र विरेन्द्र शाह उप संयोजक रहेको समिति गठन गरिएको छ । जसको सदस्यमा २,३,७, ८, १०, १३, १८ र १९ वडाका वडा अध्यक्ष सदस्य रहने छन् । फोहर व्यवस्थापन समितिले साउन १५ गते सम्म सम्भावित योजना पेश गरिसक्नु पर्ने छ । नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको कार्यपालीका बैठकले नगरपालिकाको प्रवक्तामा सर्य बहादुर डागी श्यामलाई तोकेको छ ।त्यसैगरी कार्यपालिकाले नगर उप प्रमुख माया आचार्यको संयोजकत्वमा राजश्व निर्धारण समिति गठन गरिएको छ ।