प्रेस संगठनको केन्द्रीय कमिटी २ सय २५ सदस्य रहने



 

दाङ ,१६ श्रावण । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको एकता कार्यदलको बैठक काठमाण्डौमा बसेको छ । बैठकले दुवै संगठनको एकता पछि संगठनको नाम ‘ प्रेस संगठन, नेपाल’ राख्ने निर्णय गरेको छ । बैठकले चौतारी र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको छ प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिनुभयो । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरिएको छ।

संगठनको संख्या निम्न अनुसार रहने 

यस्तै वैठकले केन्द्रीय समिति अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्य, प्रदेश समिति अध्यक्ष र सचिव सहित १ सय २५ सदस्य, जिल्ला समिति अध्यक्ष र सचिव सहित ३५ सदस्य रहने निर्णय गरेको छ ।शाखा समिति अध्यक्ष र सचिव सहित ९ सदस्य,अनुशासन आयोग अध्यक्ष र सचिव सहित १५ सदस्य , लेखा आयोग अध्यक्ष र सचिव सहित १५ सदस्य हुने प्रेस चौतारीका महासचिव राजेश राईले जानकारी दिनुभयो ।

बैठकले आगमी तीनदिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूची सहित पार्टी कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ । बैठकमा पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थीति थियो । यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचि राजेश राईको सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्