५ नं प्रदेशको राजधानी दाङ को बिषय “प्रि माइण्ड सेट” हो । यो सरकारले दाङलाई प्रादेशिक स्थायी राजधानी तोक्दैन: पुर्व साँसद् योगेन्द्र चौधरी



विष्णुकुमार देवकोटा
दाङ साउन १६
संबिधान सभाका सदस्य, पुर्व साँसद् तथा नेपाली काँग्रसका नेता योगेन्द्र चौधरीले दुइतिहाइको कम्युनिस्ट सरकारले प्रदेश नं ५ को स्थायी मुकाम कुनैपनि हालतमा तोक्न नसक्ने दावी गर्नुभएको छ । आज (बुधबार) सैघाली खबर तथा सैघाली अनलाइन टिभी संग कुराकानी गर्दे चौधरीले यस्तो दावी गर्नुभएको हो ।“५ नं प्रदेशको राजधानी दाङ को बिषय “प्रि माइण्ड सेट” हो” । चौधरीले भन्नु भयो । “ मुख्य मन्त्रि शंकर पोखरेलले कहिं कतै कुनैपनि बेला दाङ लाई स्थायी मुकाम तोक्छु भनेर भन्नुभएको छैन” चौधरीले थप्नुभयो । “ मलाई मुख्य मन्त्रि दिए पुग्छ, राजधानी जहाँ तोकेपनि हुन्छ भनेर शंकर पोखरेलले भन्नुभएको छ चौधरीले दावी गर्नुभयो ।

जियकुमार गच्छदारले नेतृत्व गर्नुभएको तत्कालिन मधेसीजनाधिकार फोरम (लोकतान्त्रिक) को महामन्त्रि समेत रहनुभएका चौधरीले कमलहरी मुक्तिको आन्दोलन तथा थारुहट आन्दोलनको समेत नेतृत्व सम्हालिसक्नुएको छ । बर्तमान लोतान्त्रिक संघीय सम्बिधानको हस्ताक्षरकर्ता समेत रहनुभएका चौधरीले थारु आन्दोलनले मधेसी आन्दोलनलाई काउन्टर समेत दिएको बताउनुभयो । “ थारुहट आन्दोलन वास्तवमा राष्ट्रवादी आन्दोलन थियो । ” चौधरीले भन्नुभयो । २०४७ असोज २९ गते नेपाली काँग्रेससंग पार्टि एकिकरण भएपछि भुमिका विहिन भएको चौधरीको बुझाई छ । “पार्टि एकिकरण हुँदा गरीएको सम्झौता कार्यान्वयन हुनुपर्छ” चौधरीले भन्नुभयो । संबिधान गतिसिल दस्तावेज भएको भन्दै यो संबिधान ले कसैलाइ काखा र कसैलाइ पाखा नगरेको बताउनुभयो । कुनै निस्चित अबधि सम्म मापदण्डको आधारमा आरक्षणको व्यवस्थागरी पछाडिपारीएका बर्गको मुलधारीकरण गर्नुपर्ने चौधरीले दावि गर्नुभयो । आफ्नो कार्यकालमा देउखुरी क्षेत्रको राप्ति नदिमा ८ वटा पुल को लागी बजेट बिनियोजन गरेको र हाल निर्माणाधिन अवस्थामा रहेको बताउनुभयो । बर्तमान सरकार अधिनायक बाद तर्फ अग्रसर भएको भन्दै सबै क्षेत्रमा प्रहार गरीरहेको ताउनुभयो । “नेपाल संस्कृत विश्व विद्यालयका उपकूलपतिलाई विश्व संस्कृत सम्मेलनमा भागलिन जान बाट रोक लगाउनु अधिनायकबादको संकेत हो ” चौधरीले भन्नु भयो । बर्तमान सरकारले महंगी बढाएको, अनावस्यक दोहोरो कर थोपरेको भन्दै जनता बिद्रोहमा उत्रिनुपर्ने चौधरीले बताउनुभयो । दाङमा राप्ति स्वास्थ्य बिज्ञान प्रतिस्ठानको काम आफुले सुरु गरेको दावि गर्दे चौधरीले यसलाई सफलपार्न सबैले भुमिका खेल्नुपर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्