सैघाली खबर, १६ साउन
हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा सञ्चारकर्मी तथा नव गायिका रिता रावतको छमछमी नचाउने तीज गीत शिव जि सार्वजनिक भएको छ । नेपाली मौलिक झल्कने किसिमको तीज गीत शिव जि मा स्वर खगेन्द्र प्रकाश वली र सञ्चारकर्मी रिता रावतको सुमधुर आवाज रहेको छ । सोहि गीतमा शब्द खगेन्द्र प्रकाश वलीको रहेको छ भने लय सिर्जना विक्रम थापाले गरेका छन । मोडलमा लक्ष्मी वली र तिलक शाहिले कम्मर मर्काएका छन । उक्त गीतमा निर्देशन गुरुआमाले गरेकी छिन र छायाङ्कन सुरेश श्रेष्ठ,च्याम्वा लामाले गरेका थिए भने सम्पादन प्रकाश धमलाले गरेका छन । क्ब्ीीभ्च्क्ष् ःग्क्क्ष्ऋ युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।