मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री नियुक्त



काठमाडौं, २९ असार

आजको मन्त्रिपरिषद बैठकमा सरकारले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको छ ।

आफ्नो एकवर्षे पदावधि बाँकी छँदै हालका मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक ९एडिबी० को वैकल्पिक कार्यकारी निर्देशक बनेपछि बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई वरिष्ठताका आधारमा प्रशासनिक क्षेत्रको सर्वोच्च पद ९मुख्य सचिव०मा नियुक्त गरेको ,सरकार प्रवक्ता तथा अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्