रोल्पामा टयाक्टर दुर्घटनामा २ जनाको मृत्यु



मनिषा राई
रोल्पा, १७ श्रावण । रोल्पामा टयाक्टर दुर्घटना परी २ जनाको मृत्यु भएको छ । रोल्पाको माडीबाट ओत जादै गरेको रा १ त १५०७ को टयाक्टर माडी गाउँपालिका १ स्थित भत्तावाङमा दुर्घटना  परेको थियो ।  दुर्घटनामा परी दाङ तुल्सिपुर उपमहानगरपालिका ७ टिक्रारापातु निवासी २७ बर्षीय चालक आसाराम चौधरी, गंगादेव गाउँपालिका १का १८ बर्षीय डम्बर बहादुर वलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाका प्रहरी निरिक्षक राज कुमार पहाडीले जानकारी दिनुभयो । ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खरेको पहाडीले जानकारी दिनुभयो ।

 

मृतकको शव हाल इलाका प्रहरी कार्यलय घर्तीगाउमा राखिएको छ । दुवै शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल रेउघामा लगेको इलाका प्रहरी कार्यलय घर्तीगाँउले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्