कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुने



काठमाडौँ । कक्षा १२ को सबै संकायको नतिजा आज सार्वजनिक हुने भएको छ । केहिबेरमा नै परिक्षाफ सार्वजनिक गर्ने गरि तयारी भईरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नतिजा प्रकाशनका लागि बोर्डको बैठक बसिरहेको छ । सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका कार्यकारी निर्देशक दुर्गाप्रसाद अर्यालले बताए।

सबै संकायको एकै पटक नतिजा निकाल्न लागेको यो पहिलो पटक हो । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गरिन्थ्यो भने त्यसपछि व्यवस्थापन, मानविकी र शिक्षा संकायको नतिजा निकाल्ने गरिएको थियो ।

गत बैशाखमा सम्पन्न कक्षा १२ को परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्