सर्पदंश वाट एकजना बालकको मृत्यु



१७ साउन, तुलसीपुर । सर्पको टोकाईवाट दाङमा एकजना बालकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बेलझुण्डी निवासी साढे दुई वर्षका बालक रिदम कँवरको सर्पदंशवाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सर्प दंशवाट गम्भीर विरामी परेका बालक रिदमलाई दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पातलको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजाँदै गर्दा राति बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय दिनेश कँवरका छोरा रिदमलाई राति करिब साडे १० बजे घर भित्रै सुतेको बेला विषाशु सर्पले डसेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्