मृतक घर्ती परिवारले शब नबुझने



दाङ असार २९ ।

तुलसिपुरका व्यावसायी राजकुमार श्रेष्ठ सगै हत्या गरिएका घोराही उप महानगरपालिका १२ हापुरका रणबहादुर घर्तीको परिवारले शव नबुझे भएका छन् । मृर्तक परिवारहरुले दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठल संग भेटघाट गर्दै मृर्तक परिवारले उचित क्षतिपूर्तीको माग गर्दै शव नबुझने वताएका हुन ।

त्यस क्रममा मृतक रणबहादुरका दाजु गणबहादुर घर्तीले परिवारको उचित पालन पोषणको व्यवस्था गर्नुपर्ने , छोराहरुको उच्च शिक्षा अध्ययनको व्यवस्था निशुल्क रुपमा सरकारले गर्नुपर्ने , मृर्तककी श्रीमतीलाई रोजगारको व्यवस्था गर्नुपर्ने, लगायतका माग समेत परिवारले प्रजिअ श्रेष्ठ समक्ष राखेको छ । त्यसै क्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले उचित क्षतिपूर्ती दिलाउनका लागि आफुले पहल गर्ने वताउँनुभयो भयो । यो विषयमा म अत्यन्तै गम्भिर भएको छु क्षतिपूर्तीका विषयमा म पहल गर्ने छु उहाँले भन्नुभयो । त्यसकारण तपाईहरु सबै प्रकृया मिलाएर आउनुहोस् म पहल गर्ने छु भन्नुभयो ।
हत्यारालाई कारवाहीको माग

रणबहादुरका हत्यारालाई कारवाहीको माग गरिएको छ । हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यामबहादुर भण्डारीले एक विज्ञप्ती जारी कारवाहीको माग गरेको हो । विज्ञप्ती मार्फत उहाँले परिवारको उचित पालन व्यवस्था गर्नुपर्ने, छोरा छोरीको पठन पाठन व्यवस्था मिलाउनु पर्ने, परिवारलाई उचित क्षतिपूर्ती दिलाउनु पर्ने लगायतका माग समेत राखेको हो । यसै बिच साझ ४ बजे पत्रकार सम्मेलनको आयोजना गरीएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्