कक्षा १२ को नतिजा प्रकाशित



काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हाे ।

गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए।
आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ।
परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक भएको हो।याे वर्ष पहिलाेपटक कक्षा १२ का सबै समूहकाे नतिजा एकैपटक प्रकाशित गर्न गरिएकाे छ।नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिन्छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।

यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् उक्त परीक्षा भाद्र १६ मा हुनेछ।नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्