बाँदर धपाउन खोज्दा छतबाट लडेर मृत्यु



रुपन्देही, १७ साउन–। बुटवलमा बाँदर धपाउने क्रममा लडेर एकजनाको ज्यान गएको छ । बुटवल उप महानगरपालिका – ५ मा रहेको कृषि उपज तथा थोक बजार केन्द्रमा काम गर्ने मजदुरको बाँदर धपाउने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाँधर धपाउने क्रममा धनकुटा जिल्ला घर भएका कमल मगरको मृत्यु भएको हो ।

कोठामा बाँदर आएपछि धपाउन लाग्दा मगर छतबाट भूईँमा खसेका थिए । उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्