खसी बेचेर ६० करोड



सल्यान, १७ साउन ,
सल्यानमा एक वर्षको अवधिमा ६० करोड रुपैयाँभन्दा बढीको खसीबोका बिक्री भएको छ । गत आर्थिक वर्षमा ६० करोडभन्दा बढीको खसीबोका बिक्री भएको जिल्ला पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका किसानले बाख्रा पालन गरेका छन् । यहाँका प्रत्येक घरमा कम्तीमा पाँच वटा बाख्रा पालिएको छ । जिल्लभरि पाँच लाख वटाभन्दा बढी बाख्रा पालिएको पशु सेवा कार्यालय सल्यानका प्रमुख बालकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ५० हजार वटा खसीबोका निकासी भएका छन्। एउटाको सरदर १२ हजार रुपैयाँका बिक्री हुने गरेको छ ।

सल्यानको खसी बोका काठमाडौं, पोखरा, धनगढीलगायतका प्रमुख सहरहरूमा निर्यात हुने गरेको छ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढी मूल्य लगाउने प्रमुख श्रेष्ठको भनाइ छ ।

जंगलमा घाँससँगै जडिबुटी पनि खाने भएकाले यहाँ पालिएका खसीबोका निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरूको राजाइमा पर्ने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

बाख्रापालनमा किसानलाई आकर्षित गर्न पशु सेवा कार्यालयले साना किसान र व्यवसायिक किसान वर्गीकरण गरेका छ । खोर सुधार अनुदान, उन्नत घाँसको बीउ बेर्ना वितरण, बजारीकरणका लागि संकलन केन्द्र सञ्चालनमा सहयोग, रोगविरुद्ध निःशुल्क खोप सेवा, कृत्रिम गर्भाधान सेवालगायका सेवा दिँदै आएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्