काठमाडौं : राष्ट्रियसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको नाम अनुमोदन गरेको छ। बिहीबार बिहान बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए।
अध्यक्षको प्रस्ताव सभाले अनुमोदन गरेको हो। संघीय संसदका दुई संयुक्त बाहेकका राष्ट्रियसभाका ४ विषयगत समितिमा सदस्यहरूको मनोनयन भएको हो।
कुन समितिमा को सदस्य ?
दिगो विकास तथा सुशासन समितिमा इन्दु कडरिया, कमलाकुमारी ओली, कविता बोगटी, परिन्दा कुमारी, मुक्ताकुमारी यादव, सरिता प्रसाईँ, खिमकुमार विक, चक्रप्रसाद स्नेही, कालिबहादुर मल्ल, दिनानाथ शर्मा, भैरवसुन्दर श्रेष्ठ, रमेशजंग रायमाझी, महेश कुमार महरा र डा. विमला राई पौड्याल समितिमा सदस्य भएका छन्।
विधायन व्यवस्थापन समितिमा महिला समूहबाट अनिता देवकोटा, उदया शर्मा पौडेल, नन्दा चपाई, मिना बुढा, युटोल तामाङ, रामलखन चमार, सिंहबहादुर विश्वकर्मा, जितेनद्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुवँर, हरिचरण सिवाकोटी, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे र बृषेशचन्द्र लाल सदस्य भएका छन्।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा नैनकला ओझा, बिन्दादेवी आले राना, विना पोखरेल, शान्ति कुमारी अधिकारी जिसी, नरपति लोहार, अगमप्रसाद बान्तवा राई, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, बलराम प्रसाद बास्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिडारी, सुमनराज प्याकुरेल र हरिराम चौधरी सदस्य अनुमोदित भएका छन्।
यस्तै राष्ट्रिय सरोकार समितिमा कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दीलकुमारी थापा, धनकुमारी खतिवडा, प्रकाश पन्त, रमेशप्रसाद यादव, राजकुमार कुवँर, रामचन्द्र राई, रामपृत पासवान र सुरेन्द्रराज पाण्डे सदस्य भएका छन्।
राष्ट्रियसभाको आउँदो बैठक साउन २१ सोमबार ११ बजे बस्नेछ। संघीय संसदमा प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका सदस्य रहनेगरी संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांङ्कन समिति गरी दुई संयुक्त समिति छन्। अन्नपुर्ण पोष्ट

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।