बाटोमा पहिरो खस्दा यात्रु आवतजावतमा कठिनाई



रोम थापा मगर
सैघा १७ , साउन ।

घोराही उपमहानगरपालिका वडा नं १९ साविकको सैघा देखि पुर्व जोड्ने घनश्याम बलबहादुर स्मृति रोड गत महिना होडवाङ,गोठिबन,सातम हुदै लिथान गाउँ सम्म जोडिएको बाटोमा वर्षातको कारण जताततै पहिरो खस्दा बाटोमा आवतजावत गर्ने मानिसहरु मर्कामा परेका छन । घाँस दाउरा गर्न बन जानु पर्ने तर बाटोमा पहिरो जाने तथा ठुला ठुला ढुङ्गा खस्ने हुदा गाउँमा एउटा गाउँ दखि अर्को गाउँ गर्न जोखिमपुर्ण भएको स्थानीय टिकाराम खड्काले बताउनु भयो । उहाँले भन्नुभयो पुर्व पश्चिम जोड्ने हिसावले जे सि वी लगाएर खनिएको बाटो अहिले वर्षातको समयमा आईपुग्दा भत्कीएको र गाई बाख्रा चरिचरणमा कठिनाई परेको गुनासो गर्नुभयो । जमिन गलेको कारण विस्तारै माटो ढुङगा खस्ने गरेको स्थानीयहरुको गुनासो रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्