काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित कार्यक्रममा व्यस्त हुँदो अस्वस्थ भएको संकेत गरेका छन्। २१ औँ तुलसीलाल स्मृति दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा ओलीले भने, ‘अलिक टाउको दुखेको छ। धेरै कार्यक्रममा व्यस्त हुनु परेकाले अलिक थकित महसुस पनि भएकाे छ।’
नेकपाका अध्यक्ष समेत रहनु भएका ओलीले तुलसीलाल अमात्यजस्तै थुप्रै पुराना नेताहरूको योगदानले पार्टी यो स्थानमा पुगेको बताए। पुराना नेताहरूको योगदानको कारण पूर्ण प्रजातन्त्र नेपालमा आएको उनको भनाई छ। उनले कांग्रेसलाई व्यङग्य गर्दै भने, ‘यति डेमोक्रेसी हुँदा पनि अधिनायकवाद आयो भनेर भनिरहेका छन्। हामी लोकतन्त्र, लोकतान्त्रीक प्रणालीमा विश्वास गर्छौं।’ सरकारमाथि हमला प्रधानमन्त्री ओलीले सरकार र पार्टीमाथि हमला भएको प्रतिक्रिया दिएका छन्। ‘
हमला धेरै तिरबाट भएका छन्। तर, यो हमला आजबाट मात्र होइन। वि.स.२००७, २००८ र २०१२ सालसम्म पार्टीमाथि प्रतिबन्द लागिरह्यो। यो आन्दोलनले कसको मात्रै प्रतिबन्द झेलेन।’ अधिनायकवादको हल्ला काम नलाग्ने खिया लागेको हल्ला भएको उनले बताए। ‘हामीसँग नीति, विचारका हिसाबमा प्रतिस्पर्धा गरे हुन्थ्यो। तर, त्यो सामर्थ्य कसैसँग पनि छैन। वर्गीय र वर्गीय सम्बन्ध के हो भन्ने थाहा पाउनुपर्छ। त्यो उनीहरूले थाहा पाए हुन्थ्यो’ ओलीले भने।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।