मनसुन सुरु भएयता बाढी पहिरोबाट १८० को ज्यान गयो



काठमाडौं : यो वर्षको मनसुन सुरू भएता बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिबाट १ सय ८० जना भन्दा बढीको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार मनसुन सुरु भएयता ज्यान गुमाउनेको संख्या यति पुगेको हो ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार यो वर्षको मनसुन सुरू भएयता साउन १५ सम्ममा विभिन्न प्राकृतिक विपत्मा १८० जनाको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालयमार्फत् मृतकको हकमा एक लाख रूपैयाँ, घरमा भौतिक क्षति भएको हकमा १० हजार रूपैयाँ र घाइतेको हकमा निःशुल्क उपचारको व्यवस्था गरिएको प्रवक्ता सुवेदीले बताए ।

यो वर्ष जेठको अन्तिमदेखि मनसुन नेपालमा प्रवेश गरे पनि असारको मध्यबाट मात्रै नेपालभर सक्रिय भएको थियो । मनसुन अझै सक्रिय रहेकाले संभावित जोखिमलाई मध्यनजर गरी उद्धार तथा राहतका लागि विपत् व्यवस्थापन शाखा र जिल्लास्थित जिल्ला प्रशासन कार्यालयलाई २४ सै घण्टा सर्तक राखिएको गृह मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्