काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधान्यायाधीश दीपकराज जोशीका विषयमा लगाएको आरोप प्रष्ट गरेर निर्णय लिने संकेत गरेका छन्। उनले आरोपका विषयमा सोधेर निर्णय लिने प्रतिक्रिया दिएका छन्। तुलसीलाल स्मृति दिवसमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
साधारण खास कारण देखा नपरेमा वरीयताक्रम हेरिन्छ। ओलीले भने सुनुवाइ समितिमा गएपछि उजुरी, निवेदन लिन्छ। जसको बारेमा आरोप छन् उसलाई बोलाएर सोध्छ। त्यसपछि निर्णय गर्छ। सुनुवाइ समितिले सुनुवाइ गरेजस्तो गरेर जस्ताको तस्तै पठाउने नभएको समेत उनले बताए।
उनले निर्णय गर्ने नदिने र बन्धक बनाउने काम भएको समेत आरोप लगाएका छन्। त्यसलाई निर्णय गर्न नदिने, बन्धक बनाउनेरु उल्टै सरकारले बन्धक बनायो भनेर आरोप लगाउने। सुनुवाइको जे निष्कर्ष हुन्छ त्यो संसदबाट राष्ट्रपतिकहाँ जाने होु ओलीले भने। उनले प्रतिपक्षले सरकारलाई अधिनायकवाद भनेकोमा आश्चर्य प्रकट गरेका छन्। ुबहुमतले निर्णय त के छलफल गर्न पनि नपाउनेरुु उनले प्रश्न गरे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।