अपाङमैत्री भवन र अपाङमैत्री सेवा पाउन नसकेकोमा गुनासो



 

सुशिल बस्नेत,
तुलसीपुर १७ साउन,

अपाङमैत्री भवन र अपाङमैत्री सेवा पाउन अझै नसकेको दाङका अपाङहरुले बताएका छन् । अपाङ समाज सुधार केन्द्र तुलसीपुरको १० औ बार्षिकउत्सव उद्घाटन कार्यक्रममा अपाङता भएका ब्यक्तिहरुले संबिधान र ऐनमा भएको ब्यबस्था कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् ।
सरकारी तथा गैरसकारी संस्थाहरुका भवन अझैपनि अपाङमैत्री छैनन्,अपाङ समन्वय समिति तुलसीपुरका संयोजक दोलखबहादुर खत्रीले बताउनुभयो । ह्विल चियर लैजान नसक्ने भयाङ,भुईतलामा कार्यालय प्रमुखको बस्नुहुदैन,सेवा लिन निकै समस्या छ,उहा भन्नुहुन्छ ।

अपाङ मानव अधिकार संरक्षण केन्द्रका कार्यकारी निर्देशक चिन्तामणी आचार्यले अपाङता भएका ब्यक्तिहरुलाई अव स्वरोजगार बनाउने कार्यक्रममा सहभागि गराउनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो,अपाङको पहँुच सबै क्षेत्रमा हुन नसक्दैन,समुदायमा पूर्नस्थापना गराउन अझै समय लाग्ने देखिएको छ,तर स्वरोजगार बनाउन राज्यले बिशेष कार्यक्रमको ब्यबस्था गर्नुपर्छ ।

जिल्ला समन्वय समिति दाङका संयोजक जीतेन्द्रमान नेपालीले अपाङता भएका ब्यक्तिहरु संगठीत हुनुपर्ने सुझाब दिनुभयो ।
आफ्नो क्षमता,दक्षता,सीपलाई समुदायमा प्रर्दशन गर्न सक्नुपर्छ,उहाले बताउनुभयो ।

सीप,क्षमता,दक्षता र रुचि अनुसारको कला, शिक्षा,उद्योग ब्यापारमा समाबेश हुनुपर्छ,त्यसका लागि स्थानिय सरकारले सहयोग गर्छ,नेपालीले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले अपाङता भएका ब्यक्तिहरुलाई पहिलो काम परिवारमा पूर्नस्थापना र दोस्रो समुदायमा गराउनुपर्ने बताउनुभयो । अहिले पनि पुरातनबादी सोचको अन्त्य हुन सकेको छैन्,नगरप्रमुख पाण्डेले बताउनुभयो । परिवारबाट हेर्ने दृष्टीकोणलाई परिवर्तन गर्न सक्नुपर्छ,अनि मात्र अपाङता भएका ब्यक्तिहरुको पारिवारीक अन्तरघुलन हुन्छ,र चौतर्फी विकास गर्न सक्षम हुन्छ,उहाले भन्नुभयो ।

सो अवसरमा नेपाल कम्यूनिष्ट पार्टीका नेता टीकाराम खड्का,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब सुशील बस्नेत,साहित्यकार डाक्टर लोकराज पराजुली,मौलाकालीका अपाङ समाज नवलपरासीका अध्यक्ष कृष्णबहादुर रोका,तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का वडा सदस्य दुजमान भण्डारी,जेष्ठ नागरिक समाज बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्त अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष हुमाकान्त कँडेलको अध्यक्षतामा भएको बार्षिकउत्सवमा अपाङताको क्षेत्रमा कलम चलाउने पत्रकार सुशील बस्नेत,अपाङता भएका तर प्रबिधिमा राम्रो ज्ञान भएका रोषण गिरी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष ईश्वरीप्रसाद खड्काले र सहजिकरण सचिब माया भण्डारीले गर्नुभएको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्