घोराही–१२ स्थित वडा कार्यालय परिसरमा बृक्षा रोपण



दाङ, १७ श्रावण । घोराही उपमहानगरपालिका १२ हापुर स्थित वडाका कार्यालय परिसरमा बृक्षा रोपण गरिएको छ । घोराही उपमहानगरपालिकाका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी र वडा नं.१२अध्यक्ष राजेन्द्र बुढाले संयुक्त रुपमा विरुवा रोपी उद्घाटन गर्नु भएको थियो।

वडाका कार्यालय नजिक रहेको बाल उद्यानमा समेत बृक्षा रोपण गरिएको थियो । त्यस अवसरमा नीम, अशोक, सितल चिनी, दाल चिनी, सिमल,टिक, कपुर, गरी १२ सय ५० वटा विरुवा रोपीको थियो । बृक्षा रोपणमा विभिन्न टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अबसरमा बोल्दै घोराही उपमहानगरपालिकाका वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक एवं घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी वातावरणको संरक्षणका लागि सबै लाग्नुपर्ने वताउँनुभयो ।

वृक्षा रोपणले हाम्रो वरपरको वातावरणलाई स्वच्छ बनाउँनुने हुदा सवै नगरवासीलाई वृक्षा रोपणगर्न समेत आग्रह गर्नुभयो । संयोजक डाँगीले घोराही उपमहानगरपालिका थालेका एक व्यक्ति एक विरुवा अभियानमा समेत सहभागी हुन समेत उहाँले सबैलाई आग्रह गर्नुभयो । त्यस अबसरमा बोल्दै वडा नं. १२ का अध्यक्ष राजेन्द्र बुढाले घोराही उपमहानगरपालिकाले थालेको ‘हरित नगर’ निर्माणको अभियानलाई निरन्तरता दिन वडा कार्यालयले वृक्षा रोपण गरेको वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्