प्रदेश ५

घोराही उपमहानगरकाका योजनाको अनुगमन–बिकासमा फड्को मार्दै घोराही उप–महानगर

By थाहा अनलाइन

August 02, 2018

दाङ,१७ श्रावण । घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुमा निर्माण गरिएका कृत्रिम जलाशय तथा सडकहरुको अनुगमन गरेको छ घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीको नेतृत्वमा उपमेयर,कार्यकारी अधिकृत,पत्रकार,नागरिक समाज,ब्यबसायी लगायतको सहभागिता रहेको थियो ।विभिन्न कृत्रिम जलाशय तथा सडकहरुको अनुगमन गरिएको थियो ।

घोराही उपमहानगरपालका–१८ स्थित सालघारी,डवरी वडा नं. १७ मा रहेको आरोग्य कृत्रिम जलाशय,१७ कै कटरी नमुना वडा नं. १६ को सर्रा जोड्ने बाईपास सडकको अनुगमण गरिएको थियो । अबसरमा मेयर चौधरिले घोराहि उपमहानगरपालिका लाई हरेक दृष्टिकोणले केन्द्र बिन्दुमा राखेर सडक,यातायात ,बिजुली र पर्यटकिय क्षेत्रमा उल्लेख्य सुधार गर्दै बिकासे बर्षको रुपमा अभियान समेत सुरु गरेको बताएको मेयर चौधरीले वताउनुभयो ।