प्रदेश नं. ५ का सभामुख र मुख्यमन्त्रीलाई विपक्षि बनाएर उच्च अदालतमा रिट



दाङ, १७ श्रावण ।  प्रदेश सभामा सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलको हुनु पर्ने माग गर्दै प्रदेश ५का कांग्रेस सासदसले उच्च अदालतका रिट दायर गराएका छन् । प्रदेश नं ५को प्रदेश सभामा एउटै दल नेकपाकै सभामुख र उपसभामुख भएको भन्दै नेपाली कांग्रेसले उच्च अदालत तुलसीपुर,बुटवल इजलासमा रिट दायर गरेको वताएको छ ।

संविधानको धारा १८२ अनुसार सभामुख र उपसभामुख फरक फरक दल र फरक लिंगका हुनुपर्ने भएपनि प्रदेश ५ मा एउटै दल नेपाल कम्युनिष्ट पार्टीबाट भएको भन्दै रिट दायर गराएको उपसभामुखकी उम्मेदवार नेपाली कांग्रेसकी सांसद् रीना विश्वकर्माले बताइन् ।

उनले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने व्यवस्थाबमोजिम गराउन प्रदेश सभामा माग गर्दै आएपनि सुनुवाई नभएकोले अदालतमै जानु परेको बताईन् ।उनले प्रदेश सभा सचिवालय, प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख र उपसभामुखलाई विपक्षी बनाइर रिट दर्ता भएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रुद्रमणि गिरीले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्