प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुनुवाइमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधानसम्मत काम गर्न नदिएको आरोप लगाएका छन् ।
आज काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिमा तुलसी लालको योगदान’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलले आफ्नो भूमिका निभाउन छाडेर सरकारको काममा अवरोध गरेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– “प्रतिपक्षले प्रधानन्यायाधीश सुनुवाइमा समितिलाई संविधानसम्मत काम गर्न दिएको छैन् ।”
जनताले निर्वाचनमार्फत् चुनेका प्रतिनिधिले संसदमा खुला छलफल गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले संसद्को निर्णय पनि अरुको इशारामा चलेको बताए । उनले भने– “संविधानअनुसार संसदमा नै छलफल गरेर निर्णय हुनुपर्छ ।”
“सांसदले छलफल गर्न नपाउने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलको नेता भए पुग्छ ।” प्रधानमन्त्रीले भने– “संसदको निर्णयमा अवरोध गरेर कांग्रेसले लोकतन्त्रतको सीमा नाघ्यो ।”
प्रधानमन्त्रीले नेपालमा लोकतन्त्रले सीमा नाघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको र सरकारमाथि अकारण हमला भइरहेको पनि बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।